Section 15
उजुरी गर्न सक्ने
(१) कसैले यस ऐन विपरीत कुनै काम गरेमा सो कामबाट पीडित व्यक्ति
स्वंयले वा निजको परिवारका सदस्य, संघ, संस्था वा स्थानीय निकायका पदाधिकारीले आफूसंग
भएसम्मका सबूद प्रमाण संलग्न गरी मुद्दा हेर्ने अधिकारी समक्ष लिखित उजुरी वा मौखिक सूचना
गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम कसैले मौखिक सूचना गरेमा मुद्दा हेर्ने अधिकारीले त्यस्तो कुरा
उजुरीको रुपमा तयार गर्न लगाई सूचना दिने व्यक्तिको सहिछाप गराउनु पर्नेछ ।
(३) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (१) बमोजिम उजुर
गर्ने व्यक्ति पुर्पक्षको लागि तारेखमा बस्नु पर्ने छैन ।